बागमती प्रदेश सरकार विस्तार, १२ जनाको मन्त्रीमण्डल

मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्षमी शाक्यले नियुक्त गरेकी प्रदेशका मन्त्री तथा राज्यमन्त्रीहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
आज बुधबार एक कार्यक्रमका बीच प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । भने राज्यमन्त्रीहरुलाई मुृख्यमन्त्री शाक्यले सपथ ग्रहण गराएकी हुन् ।
भौतिक पुर्वाधार तथा विकास मन्त्रालयमा केशव पाण्डे , आन्तिरिक मामिला तथा कानुन मन्त्रालयमा डाक्टर अजयक्रान्ति शाक्य , आर्थिक मामिला तथा कानु्न मन्त्रालयमा रचना खड्का , सामाजिक विकास मन्त्रालयमा बिजय सुवेदी , स्वास्थ्य मन्त्रालयमा प्रदिप कटुवाल , उद्योग पर्यटन , वन तथा वातावरण मन्त्रालयमा शान्तिप्रसाद पौडेल, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रामलयमा चन्द्र लामा रहेका छन् ।
यस्तै राज्यमन्त्रीहरुमा स्वास्थ्य राज्यमन्त्रीमा जुनेली श्रेष्ठ , भौतिक पुर्वाधार विकास राज्यमन्त्रीमा जिवन खड्का , उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्रीमा सरस्वती बाटी र भुमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा बद्री मैनाली रहेका छन् ।
सपथ ग्रहण समाहरोशमा सञ्चारकर्मीहरुलाई प्रवेश नदिएपछि सञ्चारकर्मीहरुले आफ्नो उपकरण प्रदेश प्रमुखको कार्यालय अगाडी राखेर धर्ना दिएका थिए । करिब आधा घण्टा गेटमा भर्ना दिएपछि अन्तिम समयमा सञ्चारकर्मीहरुलाई सपथ ग्रहण समाहरोहमा प्रवेश दिईएको थियो ।