मकवानपुरका थप १० जना जनप्रतिनिधिहरुले रोजे नेकपा (एस)

हेटौडा न्युज
२२ भाद्र २०७८, मंगलवार ११:०९
;

मकवानपुर । मकवानपुरका थप १० जना जनप्रतिनिधिहरुले नेकपा एमाले पार्टी परित्याग गर्दै नेकपा एकीकृत समाजवादी दल रोजेका छन् ।

सोमबार मकवानपुरका १० जना जनप्रतिनिधिहरुले निर्वाचन कार्यालयमा सनाखत गर्दै एकीकृत समाजवादी पार्टी रोजेका हुन् । यसअघि मकवानपुरका एमालेका २५ जना जनप्रतिनिधिहरुले एकीकृत समाजवादी पार्टी रोजिसकेका छन् ।

मकवानपुरमा २०७४ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट विजयी भएका इन्द्रसरोबर गाउँपालिका अध्यक्ष जीवन लामाले एमाले त्याग गर्दै माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन् । सोमवार दिउँसो हेटौंडा स्थित पुष्पलाल पार्क नजिकै रहेको प्रदेश निर्वाचन कार्यालय, हेटौंडामा अध्यक्ष लामा सहित १० जना जनप्रतिनिधिहरुले समाजवादीमा सनाखत गरेका छन् ।

सनाखत गर्नेहरुमा अध्यक्ष लामासहित इन्द्रसरोबर गाउँपालिका ५ का वडा अध्यक्ष धनराज महर्जन, इन्द्रसरोबर गाउँकार्यपालिका सदस्यहरु दुर्गावती थोकर, मन्जु रुम्बा, हेटौंडा उपमहानगर कार्यपालिका सदस्य कल्पना विक, हेटौंडा उपमहानगरपालिका १ नम्बर की वडा सदस्य इश्वरी सुनार, थाहा नगरपालिका वडा नम्बर ११ का वडा सदस्य सुनिल लामा, बागमती गाउँपालिका वडा नम्बर ५ का सदस्य विष्णु तिमल्सिना, इन्द्रसरोबर गाउँपालिका ५ का वडा सदस्य कृष्णजीत लामा, इमान लो रहेका छन् । यो संगै जिल्लामा नेकपा एकीकृत समाजवादी सनाखत गर्ने जनप्रतिनिधिको संख्या ३५ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*