वाईसीएलको केन्द्रीय समितिको पहिलो पूर्ण बैठक आज बस्दै

हेटौडा न्युज
२२ भाद्र २०७८, मंगलवार १०:३०
;

मकवानपुर । नेकपा (माओवादी केन्द्र) निकट युवा सङ्गठन वाईसीएलको केन्द्रीय समितिको पहिलो पूर्ण बैठक आज बस्दै छ ।

दिउँसो ११ बजे बस्ने बैठकमा पदाधिकारी चयन गर्ने एजेन्डा रहेको निर्वतमान सचिव पुष्प वलीले जानकारी दिए । नेतृत्वमा दावेदार रहेकाहरुबीच सहमतिमा जुट्न नसक्दा पदाधिकारीविहीन केन्द्रीय समिति घोषणा भएको थियो । घोषित केन्द्रीय समितिको पहिलो बैठकबाट नेतृत्व चयन गर्नेसहमतिमा चार दिनसम्म चलेको राष्ट्रिय सम्मेलन सकिएको थियो ।

२ सय ३१ सदस्यीय केन्द्रीय समिति बनाउने घोषणा गरेको वाईसीएलले बाँकीलाई पछि नियुक्ति गर्ने गरी २ सय ४ केन्द्रीय सदस्यको घोषणा गरेको थियो । आज ती सदस्यहरुले पदाधिकारी चयन गर्नेछन् । अध्यक्षका लागि तीनजना दावेदार छन् । सुबोध सेर्पाली, सुमन देवकोटा र यशोदा न्यौपानले अध्यक्षमा दावी गरेका छन् ।

२०७४ सालमा भदौमै भएको राष्ट्रिय भेलाबाट दीपशिखा अध्यक्ष चयन हुँदा देवकोटा उपाध्यक्ष थिए भने सेर्पाली महासचिव थिए । त्यस्तै महासचिवमा चारजना आकांक्षी देखिएका छन् । कसम गुरुङ, गणेश शाही, मिङमादुण्डु शेर्पा र नवराज ढुंगाना ‘विश्वास’ ले महासचिवमा चाहना राखेका छन् । यसमध्ये शाही र ढुंगाना सचिव थिए भने शेर्पा कोषाध्यक्ष थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*