जनस्वास्थ्यकर्मी महासंघ थाहानगर कमिटिको अध्यक्षमा नेमराज थिङ चयन

मकवानपुर । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघको प्रथम नगर भेला सम्पन्न भएको छ ।
थाहा नगरपालिकामा भएको भेलाले नेमराज थिङको अध्यक्षतामा १५ सदस्यीय नगर कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्षमा महेश्वर प्रसाद लामिछाने , सचिवमा शशिला गोपाली, सहसचिबमा नलिना बस्नेत र कोषाध्यक्षमा राजन खड्का चयन भएका छन् ।
महासंघ मकवानपुर जिल्ला संयोजक जयराम रायमाझीको सभाध्यक्षतामा भएको भेलामा नेकपा माओवादी केन्द्र मकवानपुर सदस्य तथा थाहा नगर इन्चार्ज लक्ष्मण बिष्टको प्रमुख आतिथ्यता रहेको थियो ।