सुदूरपश्चिममा थप ३ सांसदले रोजे समाजवादी, समाजवादीको सांसद सङ्ख्या १३ पुग्यो

मकवानपुर । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका थप ३ सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।
आइतबार दीर्घबहादुर सोडारी, प्रकाश रावल र तारालाल तामाङले प्रदेश निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् ।
यसअघि १० जनाले एकीकृत समाजवादी रोजेको थिए । यस सँगै प्रदेशसभामा एकीकृत समाजवादीको सांसद सङ्ख्या १३ पुगेको छ ।