सामाजिक विकास मन्त्री खनालले दिए राजीनामा

हेटौडा न्युज
१६ भाद्र २०७८, बुधबार १०:०१
;

मकवानपुर । बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्ण प्रसाद खनालले राजीनामा दिएका छन् ।

एकीकृत समाजवादीका लागि मंगलबार सनाखत गरेका उनले बुधबार विहान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य समक्ष राजीनामा बुझाएका हुन् ।

खनाल एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत हुन् । शाक्य नेतृत्वको सरकारलाई काम गर्न सहज होस् भनेर आफूले पदबाट राजीनामा दिएको खनालको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*