मन्त्रीपरिषद् बिस्तार गर्न बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक

हेटौडा न्युज
१४ भाद्र २०७८, सोमबार १०:३७
;

मकवानपुर । मन्त्रिपरिषद् बिस्तार गर्न बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बसेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवलगायतबीच बैठक भएको हो ।

आजको छलफलमा सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू पनि सहभागी छन् । नेपाली कांग्रेसबाट सभापतिसमेत रहेका देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत सहभागी छन् । नेकपा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ बैठकमा सहभागी छन् । जसपाबाट अध्यक्ष यादव र संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र नेता राजेन्द्र श्रेष्ठ सहभागी छन् ।

नेकपा (एकीकृत समाजवादी) बाट अध्यक्ष नेपाल र राष्ट्रिय सभामा दलका नेता बेदुराम भुसाल सहभागी छन् । प्रधानमन्त्री देउवाले डेढ महिना हुँदा पनि मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् । कुन दलले कति मन्त्रालय र कुन–कुन मन्त्रालय लिने भन्नेबारे सत्तारू गठबन्धनबीच छलफल गरी टुङ्ग्याउन लागिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*