नेकपा (एकीकृत समाजवादी)को बैठक सुरु संसदीय दल गठन हुने

हेटौडा न्युज
१३ भाद्र २०७८, आईतवार १२:३५
;

मकवानपुर । नेकपा (एकीकृत समाजवादी) ले संसदीय दल गठन गर्न आज बैठक गरेको छ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा आज सांसदहरूसहित बैठक बसेको हो । बैठकमा बोल्दै अध्यक्ष माधवकुमार नेपालले संसदीय दलको गठन गर्न बैठक गरिएको बताए । नेकपा (एकीकृत समाजवादी) मा ५ जना स्थायी कमिटी सदस्य छन् ।

आजको छलफलको एजेन्डा संसदीय दल गठन, त्यसका लागि विधान बनाउने र पारित गर्नेजस्ता एजेन्डा छन् । त्यसपछि दलको नेता चयन गर्ने प्रक्रिया सुरू गरिने अध्यक्ष नेपाल बताउँछन् । दलका उपनेता, प्रमुख सचेतक र सचेतक चयन हुने पनि उनले बताए । राष्ट्रिय सभामा पनि दलको नेता चयन गर्ने तयारी उक्त पार्टीको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*