नेकपा एमालेको केन्द्रीय समितिको बैठक शुरु

मकवानपुर । नेकपा एमालेको केन्द्रीय कार्यसमिति बैठक ललितपुरस्थित तुल्सीलाल अमात्य स्मृति भवनमा शुरू भएको छ ।
स्थायी कमिटी बैठकमार्फत सहमतिको मिलनविन्दुमा पुगेको नेकपा एमालेको केन्द्रीय कार्यसमिति बैठक शुरू भएको हो ।
ललितपुरस्थित तुल्सीलाल अमात्य स्मृति भवनमा जारी यो बैठकले स्थायी समिति बैठकको निर्णयलाई अनुमोदन गर्नेछ ।
एमालेको संरचनालाई २०७५ जेठ २ को अवस्थामा फर्काएर क्रियाशील गराउने तथा १० बुँदे सहमति कार्यान्वयनबारे बैठक केन्द्रित हुने बताइएको छ । त्यसका लागि मातहतका कमिटीलाई समेत एमालेले निर्देशन दिइसकेको छ ।