प्रदेश प्रमुखबाट पदमुक्त भएपछि प्रसाईले गरे पत्रकार सम्मेलन

हेटौडा न्युज
५ भाद्र २०७८, शनिबार ०९:४६
;

मकवानपुर । बागमती प्रदेशका निवर्तमान प्रदेश प्रमुख बिष्णुप्रसाद प्रसाईले संघीय सरकारले प्रदेश प्रमखुलाई केही समय राख्ने हटाउने र अरु फेरी नयाँ नियुक्ति गर्ने प्रबृति प्रति आफु सन्तुष्ट नरहेको बताएका छन् ।

प्रदेश प्रमुखको जिम्मेवारीबाट पदमुक्त भएपछि हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै निवर्तमान प्रदेश प्रमुख प्रसाईले अहिलेको सरकार गैर जिम्मेवार ढंगले अगाडी बढेकोमा असन्तुष्टि व्यक्त गरे ।

उनले प्रदेश प्रमुखको रुपमा २१ महिना १६ दिन काम गर्दा सफलता पूर्वक भूमिका निर्वाह गरेको बताए । प्रदेश प्रमुख रहँदा प्रदेशसभा र प्रदेश सरकारसंग सहकार्य गरेर काम गरेको उनको भनाई थियो ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रसाईलाई बिहीबार बागमती प्रदेशको प्रमुखबाट हटाएर यादवचन्द्र शर्मालाई नियुक्त गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*