बागमती प्रदेशको प्रदेश प्रमुखमा संखुवासभाका यादवचन्द्र शर्मा नियुक्त

मकवानपुर । बागमती प्रदेशको प्रदेश प्रमुुखमा यादवचन्द्र शर्मा नियुक्त भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको विहीबारको बैठकको निर्णय र प्रधानमन्त्रीको सिफारिसको आधारमा संखुवासभाका शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।