बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाई पदमुक्त

हेटौडा न्युज
४ भाद्र २०७८, शुक्रबार १६:५३
;

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाई पदमुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईलाई पदमुक्त गरेकी हुन् ।

मन्त्रिपरिषदको बिहीबार बसेको निर्णयको आधारमा प्रधानमन्त्री शेरबहादुर देउवाले पदमुक्त गर्न सिफारिस गरेपछि प्रसाईलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सरकारले बागमतीमा यादव शर्मालाई प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिश गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*