हेटौंडा १५ मा ३ सय ५० भन्दा बढी एमालेमा प्रवेश

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ मा ३ सय ५० भन्दा बढी नेकपा एमालेमा प्रवेश गरेका छन् ।
वडा नम्बर १५ का सानो सुकौली र ठुलो सुकौलीबाट नेपाली काङ्ग्रेस, जनता समाजबादी, राप्रपा, नेकपा माओबादी केन्द्रबाट ३ सय ५० भन्दा बढी मनिसहरु एमालेमा प्रवेश गरेका हुन् ।
तत्कालीन नेपाली काङ्ग्रेसका तर्फबाट वडा सदस्यका उम्मेद्वार दिपक तितुङसहित , कर्ण सिङ लामा, अरुण तितुङ, अतुल स्याङबो, मेरी माया राई , रीना शाही ठकुरि, ऋषिलाल तितुङ, कोपिला पाख्रिन, सरद मोक्तान, रबी स्याङतान, भरत मोक्तान, रतन लो, युवराज लो,सुनिल स्याङतान, बबिता गोले, तारा स्याङबोलगायत एमालेमा प्रवेश गरेका हुन् ।
नवप्रवेशीलाई बागमती प्रदेशका निबर्तमान मुख्यमन्त्री एबम नेकपा एमालेका केन्द्रिय सदस्य डोरमणि पौडेलले स्वागत गरेका छन् ।