निवर्तमान मुख्यमन्त्री पौडेलले छाडे सरकारी निवास

मकवानपुर । बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणी पौडेलले सरकारी निवास छाडेका छन् ।
आज बिहीबार दिउँसो उनले सरकारी निवास छाडेर हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुर स्थित आफ्नै निवासमा सरेका हुन् । नेकपा एमालेकै अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको नयाँ मुख्यमन्त्री बनेपछी निवर्तमान मुख्यमन्त्री पौडेलले सरकारी निवास छाडेका हुन् ।
उनलाई आज हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ स्थित सरकारी निवासबाट नेकपा एमालेका युवा तथा कार्यकर्ताहरुले उनलाई मोटरसाईकलमा स्किटिङ गर्दे आफ्नै निवास सम्म पु¥याएका थिए ।