मकवानपुरको विकास रोकिदैंन: निवर्तमान मुख्यमन्त्री पौडेल

हेटौडा न्युज
३ भाद्र २०७८, बिहीबार १०:३२
;

मकवानपुर । बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणी पौडेलले मकवानपुरको विकासलाई कसैले रोक्न नसक्ने बताएका छन् ।

बुधबार मुख्यमन्त्री पदबाट राजिनामा दिएका पौडेलले बिहिबार बिहान मुख्यमन्त्री निवासमा पत्रकारहरु संग कुरा गर्दै निवर्तमान मुख्यमन्त्री पौडेलले आफु सरकारमा रहँदा मकवानपुरको विकासमा महत्वपूर्ण कामहरु गरेको दाबी गरे ।

उनले आफु मुख्यमन्त्री हुँदा प्रदेशको राजधानी हेटौंडा स्थाई राख्न देखि मकवानपुरको हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाएर यहाँको भौतिक संरचना निर्माण देखि स्वास्थ्य सेवा विस्तारको काम गर्न सफल भएको बताए ।

उनले ३ वर्षमा प्रदेशको १३ वटै जिल्लामा विकासका कामहरु भएको बताए । उनले आफुले ३वर्ष मुख्यमन्त्रीको जिम्मेवारी समाल्दा प्रदेशको भौतिक पूर्वाधार, सामाजिक, स्वास्थ्य, शिक्षा, खेलकुद, शुसासनको क्षेत्रहरुमा महत्वपूर्ण कामहरु भएको समेत बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*