पार्टी एकता जोगाउन राजीनामा दिने निर्णय गरेको हुँ: मुख्यमन्त्री पौडेल

हेटौडा न्युज
२ भाद्र २०७८, बुधबार १८:५७
;

मकवानपुर । बामगती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले पार्टी एकता जोगाउन आफुले पदबाट राजीनामा दिएको बताएका छन् ।

उनले कसैको दबाब र प्रेसरमा दलको नेताबाट राजीनामा नदिएको बताएका छन् । नेकपा एमाले पार्टी फुट्ने समयमा प्रदेशबाट सकारात्मक सन्देश दिन खोजेको उनको भनाई छ ।

नेकपा एमालेलाई राष्ट्रिय रुपमा एकताबद्ध बनाउन सहयोग पु¥याउने हेतुले अष्टलक्ष्मी शाक्यलाई दलको नेता चयन गरेको पौडेलको दाबी छ । प्रतिकुलताबीच पनि साढे ३ वर्ष काम गर्दा असन्तुष्ट हुने अवस्था कुनै पनि नरहेको भन्दै यो कार्यकालमा अन्य प्रदेशभन्दा बागमती प्रदेशमा बढी काम भएको उनले दाबी गरे ।

उनले मुख्यमन्त्रीबाट राजीनामा दिने संकेत गर्दै बाँकी कार्यकाल पनि एमालेकै सरकार हुने बताए । सरकारमा नभए पनि सरकारलाई पूर्ण साथ सहयोग गर्ने अठोटका साथ दलको नेताबाट आज राजीनामा दिएको उनको भनाइ छ ।

पौडेलले आजै नभए भोलिसम्म मुख्यमन्त्री पदबाट राजीनामा दिने तयारी गरेका छन् ।बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य बन्ने निश्चित भइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*