बागमती प्रदेशमा एमालेकै नेतृत्व अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री

मकवानपुर । बागमती प्रदेश सरकारको नेतृत्व परिवतर्न हुने भएको छ ।
बुधबार प्रदेशका मुख्यमन्त्री समेत रहेका नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता डोरमणि पौडेलले राजीनामा दिएपछि दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन भएकी छिन् ।
दलको नेतामा चयन भएसँगै अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री बन्ने भएकी हुन् । मुख्यमन्त्री डोरमणी पौडेलले पदबाट राजीनामा दिएपछि अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाईने बताईएको छ ।