सापकोटाको बक्तब्य म एमालेमै छु (विज्ञप्ती सहित)

हेटौडा न्युज
२ भाद्र २०७८, बुधबार १३:१४
;

मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ नेकपा एमालेका संयोजक देबराज सापकोटाले आफु एमालेमै रहेको भन्दै भ्रमको पछि नलाग्न आग्रह गरेका छन् ।


बुधबार प्रेस विज्ञप्ती जारी गर्दे गत असार १८ गते नेपाली कांग्रेसमा प्रवेश गरिएको भनेर प्रचार गरिएका सापकोटाले आफु नेकपा एमालेको बफादार कार्यकर्ता रहेको र कम्युनिष्ट आन्दोलनको वफादार योद्धा भएको बताएका छन् ।

केहि समय अघि आफ्नो नाम नेपाली कांग्रेससँग जोडेर भ्रामक प्रचार गरिएको प्रति खण्डन गर्दै उनले यस्ता भ्रमको पछाडि नलाग्नको लागि सबैलाई आग्रह गरेका छन् ।

उनले जस्तोसुकै समस्याको बाबजुत पनि एमालेको झण्डामुनी रहने समेत विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*