जनप्रतिनिधिहरुको सम्पत्ति छानविन गर्नुपर्छ, सुरुवात म बाट गर्नुस्: मेयर महत

हेटौडा न्युज
३१ श्रावण २०७८, आईतवार ११:५६
;

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाका मेयर हरी बहादुर महतले जनप्रतिनिधि र राजनितिज्ञहरुको सम्पत्ति छानविन गर्नुपर्ने बताएका छन् ।

उद्योग संघ मकवानपुरले हेटौंडा अस्पताललाई हस्तान्तरण गरेको अक्सिजन प्लान्टको उद्घाटन् कार्यक्रममा बोल्दै उनले जनप्रतिनिधिहरुको आर्थिक हैसियत बढेको भन्दै उनले राजनितिज्ञ र जनप्रतिनिधिहरुको सम्पत्ति छानविन गर्नुपर्ने बताएका हुन् ।

उनले भने “अहिले राजनिति गर्नेहरु र जनप्रतिनिधिहरुको आर्थिक स्तर एक्कासी कसरी बढ्यो, न कुनै व्यापार न कुनै व्यवसाय यत्तिकै आर्थिक स्तर कसरी बढ्यो, अब सबै जनप्रतिनिधि र राजनितिज्ञहरुको सम्पत्ति छानविन गर्नुपर्छ ,सुरुवात म बाट गर्नुस्” यस्तै मेयर महतले सरकारी कर्मचारीले काम नगर्दा हरेक क्षेत्रको विकासमा प्रभाव पर्ने उनले बताए ।

माहामारीका समयमा तत्काल स्वास्थ्य सामाग्री खरिद गर्न सार्वजनिक खरिद ऐनले ठुलो समस्या पैदा गरेको मेयर महतको भनाई थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*