बागमती प्रदेश युवा परिषद्का सदस्यहरुले लिए शपथ

मकवानपुर । बागमती प्रदेश युवा परिषद्का नवनियुक्त मनोनित सदस्यहरुले बिहिबार शपथ ग्रहण गरेका छन् ।
सामाजिक बिकास मन्त्रालयमा एक कार्यक्रमाको आयोजना गर्दै प्रदेशकी सामाजिक बिकास मन्त्री सरस्वती बस्नेतले बागमती युवा परिषद्का मनोनित सदस्यहरुलाई शपथ ग्रहण गराएकी हुन् ।
मनोनित सदस्यहरुको नियुक्ति तथा सपथ ग्रहणपछि प्रदेश युवा परिषद्ले पुर्णता पाएको छ । सपथ ग्रहण पश्चात मन्त्री बस्नेतले अबको आवश्यकता स्वरोजगार युवा भएकोले युवालाई स्वरोजगारमुखी चिन्तनका साथ अघि बढ्न सुझाव दिईन् ।
सामाजिक बिकास मन्त्रालयले परिषद्को सदस्यहरुमा इच्छा कुमारी राउत, केदार आचार्य, राधाकृष्ण गिरी, श्याम सुन्दर शिवाकोटी, नम्रता महर्जन, बसन्त न्यौपाने, छोटी लामा, सुदिप गौतम, प्रिती श्रेष्ठ र डालिया नेपालीलाई नियुक्त गरेको छ ।
प्रदेश युवा परिषद् ऐन २०७६ अनुसार मन्त्रालयले उपाध्यक्ष सहित युवाको हक हितको संरक्षणमा योगदान पुर्याएका कम्तीमा महिला तिन जनासहित ६ जना र उद्योग , श्रम, कृषि, खेलकुद, बिज्ञान, प्रबिधि, सुचना सञ्चार लगायत वातावरण, साहित्य तथा कलाको क्षेत्रबाट प्रतिनिधीत्व हुने गरी चार जना र लैंगिक तथा यौनिक अल्पसँख्यक मध्येबाट १ जना गरि मनोनित ११ जना सदस्यहरु नियुक्त गर्ने व्यवस्था छ ।
गएको असार ४ गते परिषद्को उपाध्यक्षमा सन्तोष चौलागाइ नियुक्त हुनुभएको भएपनि सदस्यहरुको नियुक्ति नहुँदा परिषद्ले पुर्णता पाउन सकेको थिएन । बिहिबार नै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलद्धारा परिषद्को कार्यालय उद्घाटन भइसकेको छ ।