बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक

हेटौडा न्युज
१३ श्रावण २०७८, बुधबार १०:४५
;

मकवानपुर । प्रधानमन्त्री शेरवहादुर देउवाले सत्तारुढ गठबन्धनको बैठक बोलाएका छन् ।

बैठकमा मन्त्रिपरिषद् विस्तार तथा सरकारको न्युनतम साझा कार्यक्रमबारे छलफल गरिने बताईएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा गठबन्धनका शीर्ष नेताहरु सहभागी छन् ।

एमालेको माधव नेपाल पक्षबाट भने आजको बैठकमा पोलिटव्युरो सदस्य डा. विजय पौडेल सहभागी छन् । यसअघिको शीर्ष बैठकमा नेपाल आफैं सहभागी थिए । तर पार्टी एकताको पक्षमा क्रियाशील नेताहरुले वातावरण बिग्रने भन्दै नेपाललाई गठबन्धनका बैठकमा सहभागी नहुन आग्रह गरेका छन् ।

आजको बैठकमा सरकारको न्युनतम साझा कार्यक्रमकै बारेमा छलफल हुने बताइएको छ । मन्त्रालय भागबण्डा र मन्त्रिपरिषद विस्तारका बारेमा माधव नेपालसहित शीर्ष नेताहरु पुनः छलफल गरेपछि टुंगो लाग्नेछ ।

जसपा आधिकारिकता विवाद टुंगो लागेपछि अब सरकार विस्तार गर्ने तयारी भइरहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*