मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल शुरु, देउवा र प्रचण्डबीच भेटघाट

मकवानपुर । मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच छलफल शुरु भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल गर्न आज विहानै प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्री शेरवहादुर देउवासँग सरकार विस्तारका विषयमा छलफल भएको बताइको छ । प्रचण्डसँग छलफल गरे लगत्तै प्रधानमन्त्री देउवा कांग्रेस पदाधिकारी बैठकका लागि बुढानीलकण्ठतर्फ लागेका छन् । पार्टीमा पनि सरकार विस्तारका बारेमा छलफल हुने नेताहरुले बताएका छन् ।
जसपाको आधिकारिकता उपेन्द्र यादवले पाइसकेपछि अब सरकारमा सहभागी हुने बाटो खुलेको छ । यादवले तत्कालै जसपा सरकारमा जाने बताएका छन् । यसअघि गठबन्धनका शीर्ष नेताहरु देउवा र प्रचण्डसहित माधवकुमार नेपाल,उपेन्द्र यादव र चित्रवहादुर केसीबीच पनि छलफल भएको थियो ।