रावलले राजीनामा फिर्ता लिए

हेटौडा न्युज
८ श्रावण २०७८, शुक्रबार १३:५२
;

मकवानपुर । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले राजीनामा फिर्ता लिएका छन् ।

राउवलले शुक्रबार प्रतिनिधिसभा बैठक बस्नु अघि राजीनमा फिर्ता लिएको सभामुख अग्नि सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानाले जानकारी दिए । रावलले पार्टी र जनताको आग्रहपछि राजीनामा फिर्ता लिएको जनाएका छन् । उनले सभामुखलाई आफ्नो कारण दुःख भएको भन्दै त्यसप्रति क्षमायाचना गरेका छन् ।

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने नदिने विषयमा विवाद चर्किँदै जाँदा रावलले सांसद पदबाट राजीनामा दिएका थिए । रावलले राजीनामा दिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले हटारमा राजीनामा दिएको भन्दै मिल्छ भने फिर्ता लिन आग्रह गरेका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*