बानेश्वरमा एमाले संसदीय दलको बैठक शुरु, नेपाल समूह अनुपस्थित

हेटौडा न्युज
१ श्रावण २०७८, शुक्रबार १५:५६
;

मकवानपुर । नेकपा एमालेको संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक शुरु भएको छ ।

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु भने अनुपस्थित छन् । अध्यक्ष केपी शर्मा ओलीले बिहान बोलाएको दलको बैठकमा संसदमा पार्टीको भूमिकाबारे छलफल हुने प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

सत्ताबाट ओली बाहिरिएपछि पहिलो पटक संसदीय दलको बैठक बसेको हो । आइतबार पुनर्स्थापित प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*