अध्यादेशबाट ल्याईएको बजेट प्रतिनिधिसभामा पेश हुने

मकवानपुर । केपी ओली नेतृत्वको सरकारले ल्याएको बजेट अध्यादेश प्रतिनिधिसभामा टेबुल हुने भएको छ ।
गत जेठ १६ गते केपी ओली नेतृत्वको सरकारले ल्याएको बजेट प्रतिनिधिसभामा टेबुल हुने अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिएका छन् ।
अर्थमन्त्रालयमा शुक्रबार पत्रकार सम्मेलन गर्दै मन्त्री शर्माले बजेट अध्यादेश अब संसदको बिजनेस भएको भन्दै अर्थमन्त्रीले उक्त अध्यादेश अब संसदको बिजनेस हुने बताए । संसद बैठक ३ साउनमा बोलाइएको छ । संसदले जसरी चाहान्छ, त्यहीअनुसार बजेट अगाडि बढ्ने उनको भनाइ छ ।
प्रतिस्थापन गर्ने वा नयाँ बजेटको प्रक्रियामा जाने भन्ने विषय समेत संसदले तय गर्ने उनले जानकारी दिए ।