आर्थिक वर्ष २०७७÷०७८ मा एक हजार ५ सय १८ वटा मुद्धा फर्छ्यौट
मकवानपुर । जिल्ला अदालत मकवानपुरले आर्थिक वर्ष २०७७÷०७८ मा एक हजार ५ सय १८ वटा मुद्धा फर्छ्यौट गरेको छ ।
जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार तिर्थराज भट्टराईका अनुसार आर्थिक वर्ष २०७६÷०७७ बाट जिम्मेवारी सरेर आएको ९ सय १४ वटा मुद्धा र आर्थिक वर्ष २०७७÷०७८ मा नयाँ दर्ता भएका एक हजार ५ सय ६ वटा मुद्धा गरी जम्मा २ हजार ४ सय २० वटा मुद्धा मध्ये एक हजार ६ सय १७ वटा मुद्धा फर्छ्यौट भएको छ ।
आर्थिक वर्ष २०७८÷०७९ का लागी ९ सय २ वटा मुद्धाको जिम्मेवारी सरेर आएको जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार तिर्थराज भट्टराईले जानकारी दिए ।