नेकपा एमालेको स्थायी कमिटी बैठक स्थलमा माधवकुमार नेपाल समूहका नेताहरु पुगे

मकवानपुर । नेकपा एमालेको स्थायी कमिटी बैठक स्थलमा माधवकुमार नेपाल समूहका नेताहरु पुगेका छन् ।
अध्यक्ष केपी शर्मा ओलीले तुलसीलाल प्रतिष्ठानको कार्यालय च्यासलमा स्थायी कमिटी बैठक बोलाएका थिए ।
माधव नेपाल समूहका नेताहरु नआउँदै बैठक सुरु भयो । बैठक चलिरहेका बेला नेपाल समूहबाट कार्यदलमा रहेका नेताहरु पुगेका छन् ।
उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, भीम आचार्य र सुरेन्द्र पाण्डे स्थायी कमिटी बैठकमा पुगेका हुन् ।
बैठक स्थगित गरेर सहमति खोज्न आग्रह गर्न आएको नेताहरुले बताएका छन् ।