संगठन र संघर्षलाई मुख्य प्राथमिकता: अध्यक्ष ओली

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संगठन र संघर्षलाई मुख्य प्राथमिकता दिएर अघि बढ्ने बताएका छन् ।
शुक्रबार नेकपा एमालेको स्थायी कमिटी बैठकको शुरुवात गर्दे निर्वमान प्रधानमन्त्री समेत रहेका ओलीले अदालतको आदेशले गठबन्धनको सरकार बने पनि जनमत एमालेको पक्षमा रहेको भन्दै संगठन र संघर्षलाई मुख्य प्राथमिकता दिइने बताएका हुन् ।
सर्वोच्च अदालतको परमादेशबाट जनताको समर्थन प्राप्त सरकार ढालिएको भन्दै एमाले अब आफ्ना नीति, विचार र कार्यक्रम लिएर जनताबीच जाने उनले बताए ।