सर्वोच्चको फैसला जलाउदै हेटौंडामा ओली पक्षीयको प्रदर्शन
मकवानपुर । आज सोमबार सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गरेपछि अदालतको फैसला विरुद्ध हेटौंडामा ओली पक्षीय नेकपा एमालका भातृ संगठनहरुले प्रदर्शन गरेका छन् ।
सोमबार साझ हेटौंडाको बुद्धचोकमा सर्वोच्च अदालतको निर्णय विरुद्ध उनीहरुले प्रदर्शन गरेका हुन् । सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनःस्थापना र प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्त गर्न परामदेश दिएपछि ओली पक्षीय एमाले निकट भातृ स.गठनका नेता कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका हुन् ।
एमाले निकट अनेरास्ववियु मकवानपुर ,युवा संघ मकवानपुर ,अनेमसंघ मकवानपुर र खेलखुद महासंघ मकवानपुर लगाएत भातृ संगठनहरु विरोध प्रदर्शन गरेका छन् ।
उनिहरुले बहुदलीय व्यवस्था जोगाउन सर्वोच्च अदालतको फैसला विरुद्ध प्रदर्शन गर्नु परेको बताएका छन् । उनिहरुले निर्दलीय व्यवस्था चाहिँदैन लोकतन्त्र मास्न पाइदैन,संवैधानिक सर्वोच्चता कायम गर, प्रतिगामी फैसला मुर्दावाद लगाएतका नाराहरु लगाएका थिए ।
उनिहरुले सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनःस्थापना र प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न परामदेश जारी गरेको फैसलालाई समेत जलाएका छन् ।
सर्वोच्चको फैसला जलाउदै हेटौंडामा ओली पक्षीय एमालेको प्रदर्शन (भिडियो सहित)