सर्वोच्चद्वारा प्रतिनिधिसभा विघटन बदर

मकवानपुर । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेको छ ।
सोमबार सर्वोच्चको संवैधानिक इजलासले निवेदकको माग बमोजिम आदेश दिएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटन गर्ने निर्णय बदर भएको जानकारी दिएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १ सय ४६ जना सांसदले प्रतिनिधि सभा विघटन गर्ने निर्णय सर्वोच्चमा निवेदन दिएका थिए।
उनीहरुले प्रतिनिधि सभा विघटन गर्ने निर्णय खारेज गरी देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश माग गरेका थिए ।