प्रदेश सरकारको बजेट गरिब निमुखा जनताको पक्षमा छैन: नेता बानियाँ

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले प्रदेश सरकारको बजेट गरिब र निमुखा जनताको पक्षमा नभएको बताएका छन् ।
प्रदेशसभाको आइतबारको बैठकमा बोल्दै बानियाँले प्रदेश सरकारको बजेट विभेदकारी भएको दाबी गरे । पहुँचावालाको मात्रै हितका लागी ल्याईएको गरिब र निमुखा जनताको पक्षमा नभएको उनले दाबी गरे ।
नेता बानियाँले भने–“कम्युनिष्टले गरिबको नाममा राजनीति र धनीको नाममा काम गरेको छ । काङ्ग्रेसले यो बजेटको विरोध गर्दछ । ”
यस्तैे विद्युतीय बस खरिद, मिडिया हाउस सञ्चालन लगायतको विषय उठाउँदै अवरुद्ध प्रदेशसभा सञ्चालन गर्न विपक्षी दलहरुसँग भएको वार्ताका क्रममा मुख्यमन्त्री पौडेलले गरेको प्रतिवद्धता अनुरुप स्पष्टीकरण नदिएको भन्दै नेता बानियाँले असन्तुष्टी समेत जनाए ।