प्रदेश सरकारको बजेटमा विभेद छ: नेता जम्कट्टेल

हेटौडा न्युज
२७ असार २०७८, आईतवार १४:०४
;

मकवानपुर । बागमती प्रदेशका प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेलले प्रदेश सरकारले विभेदकारी बजेट ल्याएको भन्दै विरोध जनाएका छन् ।

भूगोल विशेष र आवश्यकताको आधारमा बजेट बनाउनुपर्नेमा मन्त्रीमुखी र गुटमुखी बजेट आएको भन्दै उनले आपत्ति जनाए ।

पटकपटकको अवरोधपछि आजबाट सुरु भएको प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेटमाथि बोल्दै जम्कट्टेलले बजेटले दलित, गरिब अल्पसंख्यक समुदायको क्षेत्रमा बजेटले कुनै पनि सम्बोधन नगरिएको बताए ।

यसअघिका वर्षहरुमा निरन्तर रुपमा राखिको द्वन्द्वपीडितका कार्यक्रमहरु कटौती गरिएको भन्दै जम्कट्टेलले आपत्ति जनाए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*