कोरोना सङ्क्रमण न्युनिकरण गर्न प्रदेश सरकार प्रतिवद्ध छ: मन्त्री बस्नेत

मकवानपुर । बागमती प्रदेशकी सामाजिक बिकास मन्त्री सरस्वती बस्नेतले कोरोना सङ्क्रमणको न्युनिकरण गर्न प्रदेश सरकार लागीरहेको बताएकी छिन् ।
आज शनिबार पत्रकारहरु सँग भेटघाट गर्दे मन्त्री बस्नेतले कोरोनाको पहिलो चरणमा बृद्धबृद्धाहरु बढी प्रभावित भएको भन्दै दोस्रो चरणमा युवाहरुमा बढी सङ्क्रमण देखिएको बताईन् ।
यस्तै मन्त्री बस्नेतले तेस्रो चरणमा आउन सक्ने कोरोनाबाट बालबालिका बढी प्रभावित हुन सक्ने भन्दै प्रदेश भित्रका अस्पताललाई २० प्रतिशत बेड छुट्याएर राख्न निर्देशन दिइएको बताईन ।
अहिले प्रदेश मातहतका अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने काम भइरहेको उनले बताईन् ।
बागमती प्रदेशमा सबैलाई खोपको व्यवस्था गर्न सरकारले २ अर्व रुपैयाँ बजेट छुट्याएकोसमेत मन्त्री बस्नेतले जानकारी दिईन् ।