“राता खुर्सानी सुकाए जस्तो विद्युतीय बस सुकाउदैनौं”: मन्त्री फुयाँल

मकवानपुर । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले सरकारले खरिद गर्ने विद्युतीय बस पालले छोप्नुपर्ने अवस्था नआउने दाबी गरेका छन् ।
शुक्रबार पत्रकार सँग भेटघाट गर्दे मन्त्री फुयाँलले प्रदेश सरकारले खरिद गर्ने विद्युतीय बसलाई पालले छोपेर राख्नुपर्ने अवस्था नहुने दाबी गरेका हुन् । उनले भने “हामी परिणाममुखी काम गर्छौ ,छैठौं महिनामा चार्जर आईपुग्छ नवौं महिनामा बस आईपुग्छ ,हामी बस छोप्ने पाल किन्दैनौं उनले ठट्यौली शैलीमा भने राता खुर्सानी सुकाए जस्तो विद्युतीय बस ल्याएर सुकाउदैनौं” ।
बागमती प्रदेशका विपक्षी दलका सासंदहरुले विद्युतीय बस खरीदमा कमिसनको खेल रहेको भन्दै बजेट पास हुन नदिने चेतावनी दिदैँ आएका छन् ।
विपक्षीदलहले प्रदेशसभाको बैठक समेत अवरुद्ध गर्दे आएपछि विद्युतीय बसका विषयमा देशव्यापी रुपमा चर्चा भैरहदाँ मन्त्री फुयाँलले पत्रकार सँग शुक्रबार भेटघाट गरेका हुन् ।
“राता खुर्सानी सुकाए जस्तो विद्युतीय बस सुकाउदैनौं”: मन्त्री फुयाँल (भिडियो सहित)