प्रदेश सरकारले सञ्चारगृह सञ्चालन गरे हामी खारेज गर्छौः नेता बाँनिया

हेटौडा न्युज
१५ असार २०७८, मंगलवार १६:१०
;

मकवानपुर । नेपाली काङग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले एमाले सरकारले सञ्चारगृह सञ्चालनमा ल्याए कांग्रेसले सरकारमा पुगेपछि खारेज गर्ने चुनौती दिएका छन् ।

आज मंगलबार हेटौंडामा प्रदेशको सञ्चार नीति बारे संवाद कार्यक्रममा बोल्दै नेता बानियाँले एमालेको नेतृत्वमा रहेको बागमती प्रदेश सरकारले बहुमतको दम्भ देखाउदै सरकारले सञ्चारगृह चलाउन खोजेको बताए ।

उनले बहुमतको आडमा एमाले सरकारले गरेको निर्णय काँंग्रेसको सरकार बनेपछि उक्त निर्णय खारेज गर्ने चुनौती दिएका हुन् । नेता बानियाँले निजी सञ्चार माध्यमको हित प्रवद्र्धन गर्नुपर्ने सरकारले सञ्चारमाध्यमलाई अंकुश लगाउदै सञ्चार क्षेत्रमा एकल प्रभुत्व जमाउन खोजेको आरोप लगाए ।

आर्थिक वर्ष २०७८÷७९ को बजेटमा प्रदेश सरकारले आमसञ्चारगृह सञ्चालन गर्न १० करोड रुपैयाँ विनियोजन गरेपछि अहिले चौतर्फी विरोध भइरहेको छ ।

नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, ध्रुव रावल, आन्तरिक मामालिा तथा कानून मन्त्रालयका उपसचिव नारायणप्रसाद पोखरेल, सञ्चार रजिष्टार रेवती सापकोटा लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*