एकजना मन्त्रीलाई ५ वटा मन्त्रालय सम्मको जिम्मेवारी

मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीपरिषद्को कार्यविभाजन गरेका छन् ।
राष्ट्रपती कार्यालयले एक सुचना जारी गर्दै अहिले कायम मन्त्रिपरिषदको कार्यविभाजन गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग परराष्ट्र र रक्षा मन्त्रालय राखेर मन्त्रीपरिषद्को कार्यविभाजन गरेका हुन् ।
नयाँ कार्य विभाजनअनुसार उपप्रधान एवं अर्थ मन्त्री विष्णु पौडेलले गृहसहित अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मा पाएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरणस युवा तथा खेलकुदस श्रम, रोजगार तथा सामाजिक सुरक्षा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मा दिईएको छ ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेन्वाङले कृषि तथा पशुपन्छी बिकास ,खानेपानी ,सञ्चार तथा सुचना प्रविधि र शहरी बिकास मन्त्रालयको जिम्मा पाएका छन् ।
यस्तै लिलानाथ श्रेष्ठलाई कानुन न्याय तथा संसदीय मामिला , भुमि ब्यबस्था सहकारी तथा गरीबी निवारण , महिला बालबालिका तथा जेष्ठ नागरीक , संस्कृति पर्यटन तथा नागरीक उड्यन , संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।