आईसोलेशनलाई आइएमई जनरल इन्स्योरेन्सको १ सय लिटर खानेतेल

हेटौडा न्युज
२९ जेष्ठ २०७८, शनिबार २०:३२
;

मकवानपुर । आइएमई जनरल इन्स्योरेन्स बागमती प्रदेश कार्यालय, हेटौंडाले १ सय लिटर खानेतेल सहयोग गरेको छ । कोभिड हेल्प डेस्कद्वारा हेटौंडाको पल्पसामा सञ्चालित आईसोलेशनलाई हस्तान्तरण गरिएको हो ।

आइएमई जनरल इन्स्योरेन्सको प्रदेश कार्यालय प्रमुख अजय अधिकारीले करीब २५ हजार रुपैया बराबरको सो सामग्री आज हस्तान्तरण गरेका थिए । हेटौंडा आसपासका कोरोना संक्रमितलाई सो आईसोलेशनमा स्वास्थ्यकर्मीको सुविधासहित उपचार तथा परामर्श दिईदै आईएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*