साँसद बैद्यले विवादास्पद भनाई फिर्ता लिए तर माफी मागेनन्

मकवानपुर । बागमती प्रदेश सभाका साँसद नरोत्तम बैद्यले आफ्नो अभिव्यक्ति फिर्ता लिएका छन् । बैद्यले एक विज्ञप्ति जारी गर्दै आफ्नो अभिव्यक्ति फिर्ता लिएको र संसदको रेकर्डबाट हटाईदिन आग्रह गरेका छन् । तर उनले विज्ञप्तिमा कतै पनि माफी भने मागेका छैनन् ।
तर यस विषयमा यूवा संघका स्थायी कमिटी सदस्य सन्तोष चौलागाईले सार्वजनिक पद धारण गरेको व्यक्तिले प्रधानमन्त्रीका विषयमा आपत्तिजनक रुपमा बोलेका कुरा क्षम्य नहुने र यसका लागि कानूनी उपचार खोज्ने धारणा व्यक्त गरेका छन् ।
साँसद बैद्यले प्रदेशको नीति तथा कार्यक्रमको छलफलमा प्रदेश सभा भवनमा विवादास्पद भनाई राखेका थिए । उनले भारतका महात्मा गान्धीलाई नात्थुराम गोड्सेले हत्या गरेको र बर्तमान प्रधानमन्त्री केपी ओलीलाई गोड्से गरे जस्तै गर्नुपर्ने, त्यसका लागि आफू तयार रहेको अभिव्यक्ति दिएका थिए ।
उनको अभिव्यक्तिलाई लिएर नेकपा एमाले र पार्टीका भातृ संगठनहरुले कानूनी कार्वाहीको माग गर्दै विरोध प्रदर्शन गर्दै आएका थिए ।
विज्ञप्तिः