सांसद बैद्यको आपत्तिजनक अभिव्यक्ति, प्रधानमन्त्री ओली बिरुद्ध नात्थुराम बन्ने उद्घोष

मकवानपुर । बागमती प्रदेशसभाको बैठकमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य नरोत्तम वैद्यले आपत्तिजनक अभिव्यक्ति दिएका छन् । उनले बैठकमा महात्मा गान्धीको हत्या गर्ने नात्थुराम गोड्सेको नाम उल्लेख गर्दै प्रधानमन्त्री केपीशर्मा ओली विरुद्ध आफू गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएका छन् ।
उनले प्रधानमन्त्री ओलीले सत्ताको लागि जस्तोसुकै सम्झौता गरेको र ओली हत्याको लागि नात्थुराम बन्न कोहि अघि नबढे आफै नाथुराम बन्ने विवादास्पद अभिव्यक्ति दिएका हुन् । उनले बर्तमान सरकारका उपप्रधानमन्त्री समेत रहेका नेता राजेन्द्र महतोलाई नेपाली नागरिक हो कि हैन भन्ने प्रश्न समेत गरेका छन् ।
सांसद बैद्यको भनाई प्रति यूवा संघ मकवानुरले खेद प्रकट गरेको छ । संघले प्रधानमन्त्री केपी ओलीको हत्या गर्न उक्साहट गर्ने अभिव्यक्ति दिएको प्रति युवासंघ मकवानपुरले प्रधानमन्त्री केपी ओलीको सुरक्षा थ्रेट बढाउने कलुशीत मनसाय रहेको जनाएको छ । संघले सांसद बैद्यको अभिव्यक्ति तत्काल संसदको श्रब्यदृश्य रेकर्डबाट हटाउन सभामुखलाई आग्रह समेत गरेको छ । स्थायी कमिटी सदस्य, राष्ट्रिय युवा संघ नेपालका स्थायी कमिटी सदस्य सन्तोष चौलागाईले सांसद बैद्यलाई प्रचलित कानून बमोजिम कार्वाहीको माग समेत गरेका छन् ।