गण्डकीमा नयाँ सरकार गठन गर्न भोलि ३ बजेसम्मको म्याद

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशसभामा विश्वासको मत नपाएपछि आज शुक्रबार प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेकी छिन् ।
प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ (५) बमोजिमको सरकार गठनको लागि आह्वान गरेकी हुन् । नयाँ सरकारको दाबी गर्ने विपक्षी गठबन्धनको तयारी रहेको छ । प्रदेश प्रमुखको कार्यालयबाट जारी भएको विज्ञप्तीमा शनिबार दिउँसो ३ बजेसम्मको लागि सरकार गठन गर्ने समयसीमा तोकिएको छ ।
विज्ञप्तिः