यी जनप्रतिनिधि हेटौंडाको राष्ट्रियसभाको निर्वाचनमा मतदान गर्नै आएनन्

हेटौडा न्युज
७ जेष्ठ २०७८, शुक्रबार १२:२०
;

मकवानपुर । हिजो हेटौंडामा सम्पन्न राष्ट्रिय सभा सदस्यको निर्वाचनमा डा. खिमलाल देवकोटा निर्वाचित भएका थिए । नेकपा एमालेका उम्मेदवार रामहादुर थापाले कूल मत ४ हजार १४ ल्याउँदा देवकोटाले ५ हजार ८८ मत प्राप्त गरेका थिए । त्यस्तै नेमकिपाका कृष्ण तामाङले १ सय ३२ मतभार प्राप्त गरेका थिए ।
बागमती प्रदेशका प्रदेशसभा सदस्य १ सय १० र १ सय १९ स्थानीय तहका प्रमुख उपप्रमुख गरी ३ सय ४७ मत मध्ये ३ सय ३८ मत खसेको थियो ।

हिजोको निर्वाचनमा मतदान गर्न नआउने जनप्रतिनिधिहरुमा प्रदेशसभा तर्फ विवेकशील साझाका रमेश पौडेल, विराजभक्त श्रेष्ठ, शोभा शाक्य, माओवादी केन्द्रकी हिमाली गोले अनुपस्थित रहेका थिए । प्रदेश सभा सदस्य पशुपति चौलागाईको भने निधन भएको छ ।

त्यस्तै, स्थानीय तह तर्फ हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, उपाध्यक्ष कोपिला पण्डित, बिगु गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्का, कल्पना भण्डारी मेलङ्गु गाउँपालिका, भक्तपुरका सुनिल प्रजापति अनुपस्थित रहेका थिए ।

राष्ट्रियसभा निर्वाचनको मतभार प्रदेश सभा प्रति सदस्यको ४८ र स्थानीय तहको १८ मतभार रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*