राष्ट्रिय सभामा गृहमन्त्री बादलको उम्मेद्वारी दर्ता

हालसम्म ३ जनाको मनोनयन दर्ता, आजै अन्तिम नामावली प्रकाशन हुने
हेटौडा न्युज
२४ बैशाख २०७८, शुक्रबार १३:४३
;

मकवानपुर । बागमती प्रदेशको रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि एमालेबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ उम्मेद्वारी दर्ता गराएका छन् । गृहमन्त्री थापा उम्मेदवारी मनोनयनका लागि वागमती प्रदेशको राजधानी हेटौंडा आएर दर्ता गराएका छन् ।

यस अघि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र,नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले संयुक्त गठबन्धनका रुपमा डाक्टर खिमलाल देवकोटाले मनोनयन दर्ता गरिसकेका छन् । त्यस्तै आजै बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर नेमकिपा उम्मेदवार कृष्णबहादुर तामाङले पनि मनोनयन दर्ता गराएका छन् ।

उम्मेदवारको अन्तिम नामावली आजै साँझ आजै प्रकाशित हुने निर्वाचन आयोग बागमती प्रदेश कार्यालयले जानकारी दिएको छ । ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*