थाहानगरका मोक्तानलाई उपचारमा आर्थिक अभाव, सहयोगको अपील

हेटौडा न्युज
९ चैत्र २०७७, सोमबार १३:०४
;

मकवानपुर । कलेजोमा समस्या भई उपचाररत थाहा नगरपालिका वडा नम्बर ७ का वीर बहादुर मोक्तानका परिवारले उपचारका लागि सहयोगको अपेक्षा गरेका छन् । आर्थिक अवस्था कमजोर भएका मोक्तान बिगत एक बर्ष देखि बिरामी भएको र हाल उपचारको लागि पाटन स्वास्थ बिज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ ।

उपचारका क्रममा धेरै खर्च लाग्ने भएको र उपचार खर्च जुटाउन समस्या भएकोले सबैसंग सहयोगको अपील गरेको बिरामीको भाइ जयराम मोक्तानले बताएका छन् ।

मोक्तानको २ छोरा र श्रीमती रहेको र २ छोराहरु बिद्यालय तहमा अध्ययन गरिरहेकाले पनि आम्दानीको अन्यश्रोत नभएको हुँदा सकेको सहयोग गर्न थाहा नगरपालिका वडा नंं. ७ का वडा सदस्य दिपेन्द्र कुमार थिङले सबैमा अनुरोध गरेका छन् ।

थाहानगरबाट सञ्चारकर्मी राजकुमार केसीको सहयोगमा ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*