मकवानपुर पार्टी कार्यालयमा आजबाट एमालेको बोर्ड

हेटौडा न्युज
२४ फाल्गुन २०७७, सोमबार १३:५५
;

मकवानपुर । हेटौंडा स्थित पुष्पलाल पार्क नजिक रहेको तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला कार्यालयमा आजबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) को बोर्ड राखिएको छ । हिजो सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र एकिकरण पछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकता ऋषि कट्टेललाई दिदैं दुवै पार्टी पूर्ववत् फर्किनुपर्ने फैसला गरेको थियो । फैसला आएपछि नेकपा एमाले व्युँतिएको भन्दै ओली समूहले पार्टी कार्यालय प्रवेश गरेको हो ।

सो पार्टी कार्यालय ओली र दाहाल–प्रचण्ड समूहमा विभाजित भएपछि तालाबन्दी गरिएको थियो । पार्टी कार्यालय प्रवेश गरेपछि ओली समूहका जिल्ला अध्यक्ष एवं तत्कालिन एमाले मकवानपुरका जिल्ला सचिव एकालाल श्रेष्ठले एमाले पार्टीको काम आजबाट शुरु भएको र नियमित सञ्चालन हुने जनाएका छन् ।

पार्टी कार्यालयमा संविधानसभा सदस्य अनन्त पौडेल, नेताहरु रामेश्वर राना, नविन सिग्देल, गोपाल श्रेष्ठ, लालबहादुर थापा लगायत नेता तथा कार्यकर्ताहरु पुगेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*