व्यक्तिगत कुण्ठा भएका उपराष्ट्रपति र सभामुख पदमा टाँसिइरहन मिल्दैन– सूर्य थापा

हेटौडा न्युज
८ फाल्गुन २०७७, शनिबार १४:११
;

काठमाडौं । सरकारले प्रदेश नम्बर २ का लागि नियुक्त गरेको प्रदेश प्रमुख राजेश झा (राजेश अहिराज) को शपथ ग्रहणलाई उपराष्ट्रपति र सभामुखले बहिस्कार गरेपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमा तिखो टिप्पणी गरेका छन् ।

हिजो शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा झालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउने समयमा उपराष्ट्रपति र सभामुख अनुपस्थित रहेका थिए । उपराष्ट्रपति र सभामुख दुबै अनुपस्थितप्रति आक्रोश व्यक्त गर्दै थापाले फेसबुकमा व्यक्तिगत कुण्ठा रहेको आरोप लगाउँदै पोष्ट गरेका छन् ।
गम्भीर अवस्था वा उपस्थित हुन नसक्ने पूर्व जानकारी गराएर बाहेक उपराष्ट्रपति र सभामुखको पदीय जिम्मेवारी एवं कर्तव्य र संविधानबमोजिमको उपस्थिति अनिवार्य रहेको धारणा व्यक्त गरेका छन् । थापाले ‘उपराष्ट्रपति र सभामुख नै राष्ट्रपति भवनमा आयोजित सपथग्रहण समारोहमा उपस्थित नहुनु व्यक्तिगत कुण्ठा, बकबास भएको र अब सम्मानित पदमा बसेर गैरजिम्मेवार बन्न नमिल्ने उल्लेख गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*