बागमती प्रदेश सभा स्थगनको विरोध पत्र दिईयो

हेटौडा न्युज
५ फाल्गुन २०७७, बुधबार १४:२४
;

मकवानपुर । बागमती प्रदेश सभाको आज फागुन ५ गते बस्ने भनिएको बैठक एकाविहानै पूचना टाँस गरी स्थगन गरिएको प्रति आपत्ति जनाउँदै उपसभामुख राधिका तामाङ्गलाई विरोध पत्र दिईएको छ । नेकपाको प्रचण्ड–नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यद्वारा हस्ताक्षरित विरोध पत्र उपसभामुख तामाङ्गलाई दिईएको हो ।

गत पौष १० गते प्रदेश सभाका सत्तापक्षीय ४५ जनाको हस्ताक्षरसहित बर्तमान मुख्यमन्त्री डोरमणी पौडेलका विरुद्ध अविश्वासको पत्र दर्ता गरिएको थियो । यस अघि पनि माघ १९ गते हुनु पर्ने बैठक फागुन ५ गतेका लागि सारिएको थियो । तर फागुन ५ गतेपनि बैठक नबसेपछि यसको विरोधमा आपत्ति जनाउँदै विरोध पत्र दिईएको हो ।

प्रदेश सभामा अविश्वासको पत्र दर्ता भईसकेपछि पहिलो बैठकमै यस विषयमा छलफल हुनु पर्नेमा छलफलसँग डराएर पटकपटक बैठक स्थगित गरिएको नेतृ शाक्यले आरोप लगाएकी छिन् । शाक्यद्वारा हस्ताक्षरित विरोध पत्रमा सभामुख सानुकुमार श्रेष्ठ प्रदेश सरकारको रबर स्टाम्पको रुपमा कार्य गरेको आरोप लगाईएको छ । विरोध पत्रमार्फत अविलम्ब प्रदेश सभा बैठक बोलाई अविश्वासको प्रस्तावलाई छिटो टुङ्याउँन आह्वान गरिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*