बागमती प्रदेशसभा बैठक स्थगित

हेटौडा न्युज
५ फाल्गुन २०७७, बुधबार ०८:१२
;

मकवानपुर । बागमती प्रदेशसभाको बैठक सूचना टासेर स्थगित गरिएको छ । आज बुधबार दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक सूचना टासेर स्थगित गरिएको हो ।

सभामुख सानकुमार श्रेष्ठले विशेष कारण देखाउँदै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएसँगै बागमती प्रदेशसभाको बैठक पेचिलो बनिरहेको छ ।

गत पुस १० गते सत्तारुढ नेकपाका दाहाल–नेपाल समूहका ४५ जना सांसदहरुले प्रधानमन्त्री ओली समूहका मुख्यमन्त्री पौडेलविरुद्द अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । पुस १० गते प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव माघ ९ गते प्रदेशसभामा टेबुल भएको थियो ।

मंगलबार दाहाल–नेपाल समूहको दबाब र सर्वदलीय बैठकपश्चात् प्रदेशसभा सञ्चालन गर्ने प्रतिबद्धता जनाएका सभामुख श्रेष्ठले सत्तापक्षको दबाबका कारण पुन: बैठक स्थगित गरेका हुन् ।

यसअघि माघ १९ गतेका लागि तय भएको बैठक मुख्यमन्त्रीको दबाबमा अघिल्लो राति सूचना जारी गर्दै सभामुख श्रेष्ठले फागुन ५ गतेसम्मका लागि स्थगित गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*