बागमती प्रदेशः मन्त्रिपरिषद्को बैठकका निर्णयहरु

हेटौडा न्युज
२८ माघ २०७७, बुधबार १६:४०
;

मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ । आज बसेको बैठकले विभिन्न ६ वटा निर्णयहरु गरेको बागमती प्रदेश, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले सामाजिक विकास मन्त्रालय र काठमाडौँको बाँसबारी स्थित शहिद गंगालाल हृदय रोग प्रतिष्ठानबीच प्रदेशभरका हृदयघातबाट प्रभावित बिरामीहरुलाई उपचार सेवा प्रदान गर्न १२ घण्टाभित्रै सामाजिक विकास मन्त्रालयले शहिद गंगालाल हृदय रोग प्रतिष्ठानसम्म बिरामीलाई पुर्याउने गरी सहमति भएको छ ।

त्यसैगरी विभिन्न विधेयकहरु तर्जूमाको लागि आवश्यक समितिसंग समन्वय गरिने निर्णय भएको जनाइएको छ । स्थानीय निकायमार्फत प्रदेशका विभिन्न कानूनहरुलाई कार्यान्वयन गराउने सम्बन्धमा पनि निर्णय भएको आर्थिक मामिला तथा योजनामन्त्री एवम् प्रवक्ता कैलाशप्रसाद ढुंगेलले जानकारी दिए ।

बैठकले प्रदेशभित्र रहेका संघीय प्रहरी इकाइमा सवारी साधन उपलब्ध गराउने निर्णय गरेको छ ।

बैठकले प्रदेशमा यातायात व्यवस्थापन बोर्डको कार्यकारी निर्देशक पदमा जगदिशचन्द्र ढुङ्गानालाई नियुक्त गरेको छ ।

साथै भोलि प्रदेश सकारको तेस्रो वार्षिक उत्सवको अवसरमा प्रदान गरिने पुरस्कार र सम्मानको विषयमा पनि टुंगो लगाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*