आयोगका पदाधिकारीले लिए सपथ, नियुक्ति रोक्न सर्वोच्चमा रिट

काठमाडौं । रिक्त रहेको संवैधानिक आयोगका पदाधिकारीको सपथ ग्रहण भएको छ । गत मंसिर ३० गते संवैधानिक परिषद्को बैठकबाट नियुक्तिका लागि सिफारिस गरिएकाहरुको सपथ ग्रहण भएको हो । ऐन अनुसार संघीय संसदमा जानकारी पठाएकोमा प्रतिनिधि सभा भंग भइसकेकोले सभामुख अग्निप्रसाद सापकोटाले सोमबार नियुक्ति फिर्ता गरेका थिए ।
तर संसदले ४५ दिनसम्म निर्णय दिन नसकेमा भने नियुक्तिमा बाधा नहुने व्यवस्था नियमावलीमा उल्लेख भएकाले सपथ ग्रहण गरिएको बताईएको छ । राष्ट्रपति भवन शीतल निवासमा नवनियुक्त पदाधिकारीलाई शपथ गराइएको हो ।
त्यस्तै, संसदीय सुनुवाईविना नियुक्त कानून सम्मत नहुने भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले हिजो मंगलबार सर्वोच्च अदालतमा रिटसमेत दायर गरेका छन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मंगलबार संवैधानिक आयोगको नियुक्ति र सपथ रोकिपाऊँ भन्ने रिट सर्वोच्च अदालतमा पेश गरेका हुन् ।
रिटमा राष्ट्रपतिको कार्यालय शीतलनिवास, प्रधानमन्त्री र प्रधानमन्त्री, संवैधानिक परिषद्का अध्यक्ष, सभामुखलाई विपक्षी बनाइएको छ ।