तोकिएकै समयमा चुनाव हुन्छ: प्रधानमन्त्री ओली

हेटौडा न्युज
१९ माघ २०७७, सोमबार १५:४३
;

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै समयमा चुनाव हुने बताएका छन् । प्रधानमन्त्री ओलीले चुनावको तयारीमा निर्वाचन आयोग लागिसकेकाले तोकिएको समय भन्दा १ दिन पनि पर नसर्ने बताएका हुन् ।

सोमबार धनुषाको ढल्केबरमा विद्युतको सब–स्टेसन उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने सो कुरा बताएका हुन् ।

उनले भने ‘चुनावको तयारीमा लागिहाल्नुस । तोकिएकै समयमा चुनाव हुन्छ । एकदिन पनि पर सर्दैन ।’

आफूलाई मधेसविरोधी भनेर प्रचार गरिएकोमा पनि चित्त दुखाएका ओलीले आफुले नै मधेसमा बाटो, ढल र सिंचाइ बनाएको बताए ।

तराईमा सिंचाइ गर्न पहाड छेडेर कोसी ल्याउन लागेको उनले बताए ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*